सिनेमाको गीतलाई सिनेमाकै गीतको शैलीमा बनाउनुपर्छ । यसको भिडियोलाई पनि त्यस अनुसार नै मेकिङ गर्नपर्छ । युटुबको हिटकै लागि भाइरल र विभिन्न संजालमा चर्चित बनेकाहरुलाई सिनेमाको गीतमा काम गराउँदा फाइदा होला कि वेफाइदा ?

२ साता अगाडि रिलिज भएको सिनेमा लभ डायरिजको छम छम गीतले ट्विन्स गर्ल प्रिज्मा र प्रिन्सी खतिवडाको साथमा बाल लोक गायिका कमला घिमिरेलाई खेलाउँदा फाइदा भयो त ? युटुबको भ्यूजलाई नै गीत हिटको मापन मान्ने हो भने, यसो गीत युटुबमा कमजोर छ । २ साता भन्दा बढी समय हुँदा यो गीतको भ्यूज बल्ल बल्ल १० लाख पुगेको छ । यो आँकडा कमजोर हो ।

दर्शक, ट्विन्स गर्ल र कमलालाई देख्दा म्यूजिक भिडियो भनेर झुक्किने संभावना बढी छ । निर्माण टिमले यता पनि ध्यान दिन आवश्यक छ । सिनेमाको प्रचारमा यो गीतले ठूलो फाइदा दिने संभावना छैन । यो सिनेमा फागुणको २ गतेबाट रिलिज हुँदैछ ।

For More videos Log on to Mazzako TV