संचार तथा सूचना प्रविधी मन्त्री गोकुल प्रसाद बाँस्कोटाले फिल्मकर्मीलाई भाग्यमा नभएर क्रियशनमा भर पर्न आग्रह गरेका छन् । उनले, सिनेमा क्रियशनको आधारमा चल्ने बताए ।

फिल्म संघको साधारण सभामा उपस्थित भएका मन्त्रीले कलाकार दीपकराज गिरीले ६ नाम जोडेर फिल्म बनाएको तर्फ पनि कसिलो ब्यङ्ग्य गरेका थिए । उनले, दीपकराजले ६ नछाड्ने भन्दै अंक र भाग्यमा भन्दा पनि सिनेमा क्रियशनमा बन्नुपर्ने बताएका थिए । मन्त्री बाँस्कोटाले आफू जस्तो मन्त्री सिनेमा क्षेत्रले नपाउने भन्दै आफूमाथि गर्व गर्नुपर्ने पनि तर्क गरेका थिए ।

उनले, आफूले सिनेमा क्षेत्रलाई माया गरेपनि आफूलाई फिल्मीकर्मीले विर्सिएको बताए । आफूलाई अहिलेसम्म जम्मा २ जनाले मात्र सिनेमा हेर्न बोलाएको भन्दै उनले दुख व्यक्त गरे ।

For More videos Log on to Mazzako TV