माघको २४ गतेबाट रिलिज हुन लागेको फिल्म साङ्लोकोे ट्रेलरले युटुबमा दर्शकको राम्रो प्रतिक्रिया पाइरहेको छ । यो सिनेमामा अभिनेता विराज भट्ट मुख्य भूमिकामा छन् । दर्शकले बाघ फर्कियो भन्दै विराजको प्रशंसा गरेका छन् ।

हुनत, सिनेमाको व्यापारमा युटुबको प्रतिक्रिया र भ्यूजले ठूलो असर पारेको पाइदैन । युटुबमा आउने प्रतिक्रिया हलसम्म नपुगेको देखिन्छ । विराज भट्टका फ्यानहरुले उनको स्वागत गरेका छन् । विराजले पनि सिनेमाको लागि मिहिनेत गरेको देखिन्छ ।

तर, के युटुबमा राम्रो प्रतिक्रिया आयो भनेरै विराज मख्ख परेर बसेर सिनेमालाई फाइदा होला त ? हलसम्म आउने दर्शकलाई तान्ने तिर पनि सोच्न आवश्यक होला कि ?

For More videos Log on to Mazzako TV