गोपिकृष्ण मुभिजले फिल्म पर्खी बसेँ २ को तयारी थालेको छ । फिल्म बन्ने घोषणा भएसँगै कलाकारको छनोट प्रक्रिया पनि अघि बढाइएको छ । यो सिनेमाका लागि अभिनेत्री पूजा शर्मा र अभिनेता आकाश श्रेष्ठलाई अफर गरिएको छ । तर, दुबै कलाकारले काम गर्ने वा नगर्ने पक्का गरेका छैनन् ।

पूजा र आकाशले सिनेमामा काम गर्ने संभावना बढी छ । यो सिनेमालाई सौरभ चौधरीले निर्देशन गर्दैछन् । सौरभकै कथा रहने सिनेमाको पटकथा सुशिल पौडेलले लेख्नेछन् । सिनेमा पर्खी बसँेमा राजवल्लभ कोइराला, यूना उप्रेती र निखिल उप्रेतीको मुख्य भूमिका थियो ।

अब, यसको सिरिजमा २ अभिनेता र एक अभिनेत्रीको प्रेमकथा देखाइनेछ । अर्को बर्षबाट सिनेमाको छायांकन सुरु हुनेछ ।

For More videos Log on to Mazzako TV