भिडियोमा उदाए अभिनेता नाजिर हुसेनलाई दर्शकले ठूलो पर्दामा हेर्न नपाएको केही समय भयो । नाजिरलाई दर्शकले पत्याएनन् । उनको अभिनय पनि एकै प्रकारको भयो । एउटै प्रकारको अभिनय गरेर पनि उनलाई लामो समयसम्म टिक्न गाह्रो भयो ।

उनै, नाजिरको सिनेमा करिअर त कमजोर बनिसकेको छ । अहिले उनलाई सिनेमामा लिन निर्माता अग्रसर छैनन् । तर, नाजिर अहिले म्यूजिक भिडियोमा भने जमेका छन् । यो कुरा गोप्य बोलको गीतमा काम गरेपछि नाजिरलाई भिडियो खेलाउनेहरुको संख्या बढेको छ ।

हप्तामै उनको अहिले २–४ वटा म्यूजिक भिडियो रिलिज भैरहेका छन् । नाजिरको सिनेमा करिअर संकटमा पर्दा उनको भिडियो करिअर भने उदाउन थालेको छ ।

For More videos Log on to Mazzako TV