अभिनेत्री स्वस्तिमा खड्काको सन् २०१९ को उपलब्धी के होला त ? स्वस्तिमा अनुसार, गतबर्ष उनले राष्ट्रिय चलचित्र पुरस्कार प्राप्त गरिन् । यो उनको ठूलो उपलब्धी हो । स्वस्तिमाले सिनेमा बुलबुलबाट यो अवार्ड प्राप्त गरेकी थिइन् । यहि फिल्मबाट उनले अन्तराष्ट्रिय अवार्ड पनि जितिन् ।

यो अवार्डले उनको करिअरमा महत्वपूर्ण भूमिका पनि खेलेको छ । तर, सन् २०१९ मै स्वस्तिमाले यो अवार्डपछिको स्टारडम भने बचाउन सकिनन् । स्वस्तिमाले अभिनय गरेका दुई सिनेमा हजार जुनी सम्म र घामड शेरे रिलिज त भए । तर, दुबै सिनेमा चलेनन् । सिनेमा नचल्नु कलाकारको मात्र दोष होइन ।

तर, स्वस्तिमाको अभिनयको पनि प्रशंसा भएन । बुलबुल र राष्ट्रिय अवार्ड पाएको संझना गरेकी स्वस्तिमाका लागि सन्. २०२० यादगर बनाउने उपाय के होला त ? चपली हाइट ३ ले यो अवसर देला त ?

For More videos Log on to Mazzako TV