वि.सं २०७७ साल अब विस्तारै किनारामा आइपुगेको छ । ३ महिनापछि नयाँ बर्ष लाग्नेछ । तर, यो बर्ष नेपाली चलचित्रका केही कलाकारलाई दर्शकले पर्दामा मिस गर्ने पक्का भएको छ । यो बर्ष नायक अनमोल केसीको कुनै पनि फिल्म रिलिज नहुने पक्का भएको छ । उनी फिल्म ए मेरो हजुर ४ मा काम त गर्दैछन्, तर यो सिनेमा यो बर्ष रिलिज भने हुने छैन ।

उनको गतबर्ष सिनेमा ए मेरो हजुर ३ रिलिज भएको थियो । अभिनेता सलिनमान बनियाँको पनि यो बर्ष कुनै पनि सिनेमा नआउने भएको छ । सलिनमानले गतबर्ष यात्रा सिनेमा रिलिज भएपछि कुनै पनि सिनेमा साइन भने गरेका छैनन् । यसैले पनि उनको यो बर्ष कुनै पनि सिनेमा रिलिज हुने छैन ।

अभिनेत्री सुहाना थापाको पनि यो बर्ष सिनेमा नआउने पक्का भएको छ । उनी पनि अभिनेता अनमोल केसीसँगै ए मेरो हजुर ४ मा काम गर्दैछिन् । तर, उनको यो सिनेमा पनि यो बर्ष रिलिज हुने छैन । अभिनेता निखिल उप्रेतीको पनि यो बर्ष सिनेमा रिलिज नहुने देखिएको छ । लगातार सिनेमा असफल हुन थालेपछि निखिलले पनि ब्रेक लिएका छन् ।

For More videos Log on to Mazzako TV