फागुण २३ गते रिलिज हुन लागेको सिनेमा म यस्तो गीत गाउँछु २ मा समावेश दुखको काँडा रिलिज भएको छ । तिम्रो घरको वरिपरी गीत हिट भएपछि यसको निर्माणपक्षले सिनेमाको दोश्रो गीत सार्वजनिक गरेको हो ।

अर्जुन पोखरेलको संगीत, देवल भण्डारीको शब्द, सनिष श्रेष्ठको स्वर यो गीतमा छ । गीतको भिडियोमा सिनेमाका मुख्य कलाकार अभिनेता पल शाह र अभिनेत्री पूजा शर्मालाई फिचरिङ गरिएको छ । गीतमा रामजी लामिछानेको कोरियोग्राफी, सौरभ लामाको छायांकन छ । गीतसंगीत छान्नमा माहिर मानिएका निर्देशक सुदर्शन थापाले यसपटक भने सिनेमाका लागि अर्को हिट नम्बर छानेका छन् ।

सुदर्शन थापा र पूजा शर्माले मिलेर बनाएको यो सिनेमालाई सांगीतिक कथामा तयार पारिएको छ ।

For More videos Log on to Mazzako TV