अमेरिकाको ओहायो राज्य अन्तरर्गत एक्रोन शहरमा सबैभन्दा ठुलो नेपाली रियालिटी शोको उद्घाटन गरिएको छ । ‘मेरो डान्स कप ४’ र ‘मेरो भ्वाईस कप २’ को उद्घाटन एक भब्य कार्यक्रमको आयोजना गरि गरिएको छ । गायन र नृत्यका यि ठुला रियालिटी शोमा अमेरिकाका बिभिन्न शहरहरुमा अडिसन गरिने जानकारी आयोजकले गराएको छ।

Click Here To Watch Video :-

आयोजक इन्ट्रानेश्नल होम केयरका तर्फबाट बोल्दै कार्यकारी डिल्ली अधिकारीले यो कार्यक्रमलाई हरेक दृष्टिकोणबाट नम्बर वान कार्यक्रम बनाईने भनेर जानकारी गराएका छन् । नेपाली कला र संस्कृतिलाई जोगाउनको लागि यो कार्यक्रम एक कोशेढुंगा साबित हुने आयोजकले अपेक्षा राखेको छ । यसअघिका कार्यक्रममा अन्य सिजनभन्दा यसपाली अझ बृहत रुपमा मेरो डान्स कप र मेरो भ्वाईस कप आयोजना गरिने जानकारी गराईएको छ ।

Click Here To Watch Video :-

आयोजकका अनुसार यसपाली बिजेताले टोयटा कार पाउनेछन् । गायन र नृत्यमा रुचि भएकाहरुले मेरो डान्स कपको फेसबुक पेजबाट यि रियालिटी शोहरुमा सहभागीताका लागि आवेदन दिन सक्नेछन् ।

Click Here To Watch Video :-

कार्यक्रममा नेपालका चर्चित नायक नायिका र गायक गायिकाको उपस्थिति रहको थियो ।
कार्यक्रममा चर्चित गायिका अन्जु पन्त, सपनाश्री, गायकहरु प्रकाश श्रेष्ठ, प्रेमराजा महत शिव परियार, बाबु बोगटी, जगदिश समाल, एन्जल्स ब्यान्डका राजु लामा, किशोर शिवाकोटी, किरण गजमेर, महेश थुलुङ्ग, मनोज ढकाल, नविन कुमार खड्का लगायतले प्रस्तुती दिएका थिए । स्थानिय कलाकारहरुको बेजोड नृत्यले पनि दर्शकलाई मज्जाले झुमाएको थियो ।

त्यस्तै गरेर नायिका केकी अधिकारी, अरुणिमा लम्साल, सारंगा श्रेष्ठ, मेलिना मानन्धर, पूजा चन्द र नायकहरु दिलिप रायमाझी, शुशिल क्षेत्री, मुकेश ढकाल लगायतले ठुम्का लगाएका थिए ।

रेड कार्पेटमा धुमधामसँग बाजागाजा सहित शुरु गरिएको यो इभेन्टको प्रत्यक्ष अवलोकन गर्न अमेरिकाका बिभिन्न स्टेटहरुबाट हजारौंको संख्यामा दर्शकहरु आएका थिए । हाँस्यकलाकार सन्दिप क्षेत्रीले उपस्थित दर्शकहरुलाई पेट मिचि मिचि हसाँएका थिए ।

For More videos Log on to Mazzako TV