साम्राज्ञी राज्यलक्ष्मी र पूजा शर्मालाई पछ्याउने दर्शकका लागि नायिका अरुणिमा लम्साल त विरानो नै भैसकेकी छिन् । किनकी, दर्शकले नेपाली चलचित्रबाट हराएका अभिनेत्रीहरुमा निरुता सिंहलाई बढी संझन्छन् । अरु, अभिनेत्रीहरुलाई अहिलेको पुस्ताले खासै चिन्दैन पनि ।

अमेरिकामा आयोजना भएको मेरो डान्स कप र मेरो भ्वाइस कपको उद्घाटन समारोहमा नृत्य गर्ने एक अभिनेत्री थिइन्, अरुणिमा लम्साल । नेपाली फिल्ममा अरुणिमाको यूग कुनै समय थियो । करिब एक दशक उनले दर्शकमाझ राम्रै प्रभाव पनि पारिन् । धड्कन सिनेमा दर्शकले अझै पनि याद गरेका होलान् । अरुणिमाले थुप्रै सिनेमामा काम गरिन् र करिअर अस्ताउँदै जादा अमेरिका हानिइन् ।

उनै, अरुणिमा अमेरिकामा आयोजना भएको कार्यक्रममा आफ्नो नृत्य प्रस्तुत गर्दै थिइन् । नेपाली फिल्मका धेरै कलाकार अहिले विदेशमा छन् । अरुणिमा पनि यही सूचीमा नै पर्छिन् ।

For More videos Log on to Mazzako TV