मंसिरको अन्तिम साता बुढानिलकण्ठमा भएको कार दुर्घटनामा नायिका परमिता आर एल राणा पनि रहेको खुलेको छ । हुनत, परमिताको नाम विभिन्न संजालमा दुर्घटना लगतै नआएको होइन । तर, उनै परमिताले सामाजिक संजालबाट कारमा आफू पनि रहेको खुलाएकी हुन् । बा १४ च ६१२३ नम्बरको कारले ठक्कर दिदा पैदलयात्रु लिला देवकोटाको निधन भएको थियो ।

उनले लेखेकी छिन्–‘४ जनाले गरेको मुर्खतापूर्ण निर्णयले एक जना निर्दोषको ज्यान गएको छ । म चाहन्छु कि यो सत्य नभई एक डरलाग्दो सपना होस्, तर कारभित्रको यात्रु म पनि थिएँ ।’ उनले यो कुरा बताउन आफूले ढिलाई गरेको भन्दै माफी पनि मागेकी छिन. ।

साथमा, यो घटनाले आफ्नो जीवनलाई पूर्णत परिवर्तन गरिदिएको उनले लेखेकी छिन् । उनले आफू पनि सर्वसाधारणको भावना र पीडितकै पक्षमा रहेको लेखेकी छिन् । परमिताले महिलाको मृत्य भएको कुरा आफूले घरमा मात्र आएर थाहा पाएको लेखेकी छिन् । घटनापछि आफूले के गर्ने भनेर सोच्न नसकेको परमिताले लेखेकी छिन् ।

For More videos Log on to Mazzako TV