अभिनेता बिपिन कार्की अभिनित फिल्म ‘सेल्फी किङ’ को ट्रेलर सार्वजनिक गरिएको छ । मंगलबार राजधानीमा एक कार्यक्रम गर्दै माघ २४ गते रिलिज हुने फिल्मको ट्रेलर सार्वजनिक गरिएको हो । विशाल सापकोटा निर्देशित फिल्मको ट्रेलरमा एक हाँस्य कलाकारको कलाकारिता यात्रा देखाइएको छ । अभिनेता विपिनको अपोजिटमा लक्ष्मी वर्देवा प्रस्तुत छिन् ।

फिल्ममा भुवन चन्द, अभय बराल, लोकमणि सापकोटा, जीवन भट्टराई, सबिन बास्तोला, गिता अधिकारी लगायतको पनि अभिनय छ । निर्देशक दिनेश राउत र निर्माता सुभाष थापाले ‘सेल्फी किङ’ निर्माण गरेका हुन् । यस अघि यि दुईले फिल्म ‘प्रसाद’ निर्माण गरेका थिए ।

फिल्मको लेखन पनि निर्देशक सापकोटाले नै गरेका छन् । फिल्ममा सुसन प्रजापतिको छायांकन, जीवन थापाको सम्पादन र निर्मलकुमार थापाको कोरियोग्राफी छ । सुभाष थापा प्रोडक्सन र पिक्चर फ्रेम फिल्म प्रोडक्सनको व्यानरमा निर्मित फिल्ममा प्रवल कोइराला र राजेश बिशुराल सह(निर्माताको रुपमा छन् ।

For More videos Log on to Mazzako TV