अभिनेता अनमोल केसी र अभिनेत्री सुहाना थापाले सिनेमा ए मेरो हजुर ४ को तयारी थालेका छन् । यो सिनेमाको अहिले कथामा काम भैरहेको छ । झरना थापाको निर्देशनमा तयार हुने यो सिनेमालाई सुनिलकुमार थापाले निर्माण गर्दैछन् । सिनेमाको छायांकन माघ लागेपछि सुरु गर्ने तयारी गरिएको छ ।

अभिनेत्री सुहाना थापा अमेरिकाबाट फर्किएसँगै उनी र अभिनेता अनमोल केसीको भेट भएको हो । सोमबार अनमोल र सुहानाले भेट गरे । भेटमा सिनेमाको कथावस्तुको बिषयमा छलफल भएको थियो ।

अनमोल र सुहानाको जोडीलाई दर्शकले ए मेरो हजुर ३ मा रुचाएका थिए । अब, यो जोडीलाई दर्शकले ए मेरो हजुर ४ मा पनि हेर्न पाउनेछन् ।

For More videos Log on to Mazzako TV