अभिनेता पल शाह र अभिनेत्री पूजा शर्माको जोडी अहिले चर्चामा छ । फागुण २३ गते रिलिज हुन लागेको सिनेमा म यस्तो गीत गाउँछु २ को तिम्रो घरको वरिपरीलाई दर्शकले रुचाइसकेका छन् ।

अब, यो जोडीलाई फिचरिङ गरिएको सिनेमाको दोश्रो गीत सार्वजनिक हुँदैछ । दुःखको काँडा बोलको गीतमा अर्जुन पोखरेलको संगीत, देवल भण्डारीको शब्द तथा सनिष श्रेष्ठको आवाज छ । यो गीत बिहिबार सार्वजनिक हुँदैछ । यो गीत दर्शकका लागि कौतुहलतामा छ ।

सिनेमामा सुदर्शन थापाको निर्देशन छ । पहिलो गीत जस्तै यो गीतले पनि दर्शकको मन जित्ने अपेक्षा गरिएको छ । सिनेमा म यस्तो गीत गाउँछु २ ले सांगीतिक प्रेमकथालाई बोकेको छ ।

For More videos Log on to Mazzako TV