बाल गायक अग्रज भट्टराईको बाल राष्ट्रिय गीत सार्वजनिक भएको छ । ‘आज सानै भएँ त के भो’ बोलको गीतमा शब्द संगीत सशि गुरुङको रहेको छ । अक्षरा स्कुलमा कक्षा ५ मा अध्ययनरत ११ बर्षिय प्रतिभाशाली बाल गायकको पहिलो गीत सार्वजनिक गरिएको हो । कुशल सिंहले संगीत संयोजन गरेको गीत गायन रेकर्डिङ सबै पक्ष उत्कृष्ट रहेको छ । प्रत्येक बालबालिका तथा अविभाबकहरुले पनि एक पटक सुन्नै पर्ने यो गीत बनेको छ ।

यो गीतबाट हरेक बालबालिकाहरुमा सकारात्मक सोच र राष्ट्रिय भाव उत्पन्न हुने बिश्वास गीतका संगीतकार सशिले लिएका छन् । नेपालका सबै भुगोल र समुदायहरुलाई जोड्ने क्रममा हिमाली, पहाडी, तथा तराइ भेगका धुनहरुलाई एकसाथ संयोजन गरिएको छ ।

आज सानै भएँ त के भो तर भोलीको भबिष्य हुँ । देशको सिर उच्च पार्नु छ, जस्ता राष्ट्रभावले ओतप्रोत भएको गीत सुन्दा मर्मस्पर्शी लाग्छ । यो उमेरमै अत्यन्त प्रतिभाशाली अग्रजको क्षमता देखेर भोलीका दिनमा यो देशले एउटा उज्वल नक्षत्रको उदय हुदै गरेको कुरा यस गीतका संगीतकार गुरुङले बताए ।

बिगत ३ दशक देखी सांगीतिक क्षेत्रमा क्रियाशिल गीतकार र संगीतकार गुरुङले नेपाली गीत संगीतको क्षेत्रमा योगदान गर्दै आउँने क्रममा बाल कलाकार अग्रजसंगको भेटले एउटा नयाँ मोड लिएको छ । त्यसैको फलस्वरुप अग्रजलाई गीत गाउन प्रेरित गर्दै आगामी दिनमा निरन्तर सांगीतिक सहकार्यलाई अघि बढाई रहने योजना रहेको गुरुङले बताए ।

नेपाल सरकारको उपल्लो दर्जाका अधिकृत रहेका उनका पिता मिन भट्टराई र माता प्रतिक्षा भट्टराईको पारिवारीक प्रोत्शाहनमा अघि बढिरहेका अग्रजका निजी संगीत गुरु क्षितिज कुलुङको निरन्तर हौसला र प्रेरणाबाट आज उनि यो स्थानमा आई पुगेका हुन् ।

For More videos Log on to Mazzako TV