अभिनेता राजेश हमाल र भूवन केसी विगत २ दिनमा २ वटा कार्यक्रममा देखिए । कामना फिल्म अवार्डको अवधीभर एकसाथ बसेका हमाल र केसी सोमबार आयोजना भएको नेफ्टा फिल्म अवार्डको घोषणा कार्यक्रममा पनि एकसाथ देखिए । अभिनेता हमालले भूवनलाई हामी त मिल्ने साथी भन्ने चर्चा छ भनेर सुनाएका थिए ।

अवार्ड समारोहमा भने भूवन र राजेश निकै गफिएका थिए । नेपाली फिल्म क्षेत्रमा लामो समय बिताएका राजेश र भूवनको कहिलेकाही लफडा परेको खबर पनि आउँछ । विशेषगरि, राजेश हमाललाई महानायकको उपाधि दिएपछि भूवनले आपत्ती जनाएका थिए । उनले सिनेमा असफल दिने मानिस कसरी महानायक हुन्छ भनेर पनि प्रश्न गरेका थिए ।

तर, अहिले सार्वजनिक कार्यक्रममा भूवन र राजेशको मित्रता देखिन थालेको छ । यो मित्रता कार्यक्रममा भेट हुँदा मात्र हो या अरु बेला पनि हो ? यो भने उनीहरुले नै जानेका छन् ।

For More videos Log on to Mazzako TV