नेपाल चलचित्र प्राविधिक संघले यो बर्ष नेफ्टा अवार्ड आयोजना गर्ने भएको छ । चैत्रको १५ गते टुडिखेलमा अवार्ड आयोजना हुने आज आयोजित पत्रकार सम्मलेनमा जानकारी दिइयो । यो अवार्ड कार्यक्रम ड्रिम हाई नेपालसँगको सहकार्यमा नेफ्टाले आयोजना गर्न लागेको हो ।

यो संस्थाका प्रमुख कमल जीसीले नेफ्टाको ब्रान्ड र विश्वसनियताका कारण आफू जोडिएको बताए । टुडिखेलमा भव्यताका साथ अवार्ड कार्यक्रम गरिने आयोजकले बताएको छ । विभिन्न ३२ विधामा अवार्ड वितरण गरिनेछ । साथमा, पपुलर फिल्म, अभिनेता, अभिनेत्री, आदिवासी जनजाती फिल्ममा पनि अवार्ड प्रदान गरिनेछ ।

छैटौ संकरणदेखि नेफ्टाले नेपाल बाहिर अवार्ड कार्यक्रम आयोजना गरिरहेको थियो । यो बर्ष नेपाल भ्रमण बर्षलाई मध्यनजर राख्दै अवार्ड नेपालमै गर्न लागिएको नेफ्टाका अध्यक्ष पुष्कर लामाले बताए ।

For More videos Log on to Mazzako TV