अभिनेत्री सुहाना थापाले अभिनय गरेको फिल्म ए मेरो हजुर ३ गतबर्ष रिलिज भयो । यो सिनेमाले व्यापारिक रुपमा धमका पनि मच्चायो । यो सिनेमाको रिलिजपछि सुहाना अमेरिका उडिन् । आफ्नो अध्ययनका लागि उनी अमेरिका पुगेकी थिइन् । तर, अमेरिका गएको केही महिनापछि सुहाना शनिबार नेपाल आएकी छिन् ।

शनिबार नेपाल आएकी सुहाना कामना फिल्म अवार्डमा समारोहमा पुगिन् । कामना अवार्डमा आफ्ना पिता सुनिलकुमार थापा र आमा झरना थापाको साथमा उनी पुगेकी थिइन् । सुहाना अवार्ड समारोहमा पुगेको केही समयपछि उनलाई उत्कृष्ट नव अभिनेत्रीको अवार्ड पनि प्राप्त भयो । सुहाना अमेरिकाबाट आएकै दिनमा उनलाई अवार्ड मिलेको हो ।

कतिपयले सुहाना अवार्ड पाउने पक्का भएपछि शनिबार नेपाल आएको चर्चा पनि गरे । तर, सुहानाले ए मेरो हजुर ३ मा गरेको काम उत्कृष्ट थियो । सुहाना फिल्म ए मेरो हजुर ४ को छायांकनका लागि नेपाल आएकी हुन् । यो फिल्ममा उनले अभिनेता अनमोल केसीसँग पर्दा शेयर गर्दैछिन् ।

For More videos Log on to Mazzako TV