अभिनेत्री पूजा शर्मा शनिबार आयोजित कामना फिल्म अवार्डमा एक्लै देखिइन् । पूजा प्राय कार्यक्रममा अभिनेता आकाश श्रेष्ठको साथमा देखिदै आएकी छिन् । तर, शनिबार आयोजना भएको अवार्डमा भने पूजा एक्लै देखिएकी हुन् । पूजाले अवार्डमा आफू अभिनित फिल्म म यस्तो गीत गाउँछु २ को तिम्रो घरको वरिपरी गीतमा नृत्य गरेकी थिइन् ।

पूजा र पलले एकसाथ नृत्य गरेपनि उनीहरु अलग अलग रुपमा अवार्ड समारोहका प्रवेश गरेका थिए । पूजाले आफू बिरामी भएको बताएकी थिइन् । निरन्तर सिनेमाको छायांकनमा व्यस्त भएकाले पनि पूजा बिरामी परेकी हुन् ।

तर, धेरैले अभिनेता आकाश श्रेष्ठसँग पूजा आउने अपेक्षा गरेका थिए । आकाश कुनै पनि सिनेमाबाट नोमिनेशनमा थिएनन् । सायद, यही कारणले गर्दा पनि उनी उपस्थित नभएको हुनसक्छ ।

For More videos Log on to Mazzako TV