अभिनेत्री करिश्मा मानन्धरकी छोरी कविता मानन्धरले डेब्यू गरेको सिनेमा हो, एउटा यस्तो प्रेम कहानी । तर, यो सिनेमाको काम नै सकिएको छैन । सिनेमा रिलिज नभएसम्म उनको यो डेब्यू सिनेमा हो भनेर दर्शकले भन्न सक्नेछैनन् ।

उनै, करिश्मा मानन्धरकी छोरी कविता मानन्धरले अभिनय गरेको एउटा यस्तो प्रेम कहानी सिनेमा अन्यौलमा छ । यो सिनेमाको वन लाइन सम्पादन त सकिएको छ । तर, सिनेमाको अझै धेरै काम बाँकी छ ।

यो सिनेमामा प्रियंका कार्की, आयुष्मान देशराज जोशी, वर्षा राउत, संजोग कोइराला, शक्ति श्रेष्ठको पनि मुख्य भूमिका छ । दिपेश सापकोटा यो सिनेमाका निर्देशक हुन् । सिनेमाको रिलिज मिति पनि अहिलेसम्म तय गरिएको छैन । बरु, सिनेमा पोष्ट प्रोडक्शनकै अड्किएको छ ।

नेपाली सिनेमामा कलाकारका छोराछोरी यसै त कम आइरहेका छन् । यसमाथि, कविताको डेब्यू सिनेमा नै अन्यौलमा रहँदा झनै समस्या भएको छ ।

For More videos Log on to Mazzako TV