अभिनेता विराज भट्टको अभिनय, निर्देशन, निर्माणमा बनेको सिनेमा साङ्लोको ट्रेलर सार्वजनिक भयो । यो ट्रेलर सार्वजनिक कार्यक्रममा विराजले आफूलाई बाघ भएको घुमाउरो तरिकाले स्विकार गरे । के बाघ फर्किएको हो त भन्ने प्रश्नमा विराजले बाघ कतै नगएको बताए ।

उनले, बाघ जंगलमै रहेको मात्र जंगल फेरेको बताए । उनले, आफू नेपाली सिनेमाबाट भोजपुरी सिनेमामा मात्र गएको बताएका थिए । तर, भोजपुरी सिनेमाबाट राम्रै पैसा कमाएर आफूले नेपाली फिल्ममा लगानी गरेको विराजको भनाई छ । विराजले साङ्लो सिनेमा मेहेनत गरेर बनाएको र सबैले माया गर्ने आशा समेत व्यक्त गरेका छन् ।

केही बर्ष अघिसम्म नेपाली फिल्ममा विराजको दबदबा थियो । उनै, विराजको एक्सन अवतार फेरि उनको नयाँ फिल्ममा हेर्न पाइनेछ ।

For More videos Log on to Mazzako TV