एक्सन स्टार नायक विराज भट्टको फिल्म ‘साङ्लो’ को ट्रेलर सार्वजनिक भएको छ । शुक्रवार राजधानीमा एक कार्यक्रमको आयोजना गर्दै फिल्मको ट्रेलर सार्वजनिक गरिएको हो । अभिनेता बिराजकै अभिनय, निर्माण र निर्देशनमा तयार भएको फिल्ममा एक्सनलाई प्राथमिकता दिइएको छ ।

किड्नी तस्करीको कथा बोल्ने फिल्ममा विराजको अपोजिटमा पूर्व मिस नेपाल निकिता चाण्डक छिन् । ट्रेलर हेर्दा अभिनेता विराजले ‘साङ्लो’ बाट नेपाली फिल्ममा धमाकेदार कमब्याक गर्नसक्ने देखिन्छ । माघ २४ मा रिलिज हुने फिल्ममा प्रकाश शाह र कामेश्वर चौराशिया नेगेटिभ भूमिकामा छन् ।

फिल्मको कथा शिवम अधिकारीले लेखेका हुन् । फिल्ममा श्री श्रेष्ठको द्वन्द्व र अर्जुन जिसीको सम्पादन छ । मानकृष्ण महर्जनको छायांकन रहेको ‘साङ्लो’ मा जयनन्द लामा, आर.पि. पन्त, लय संग्रौला, शिशिर भण्डारी लगायतका कलाकारहरुको पनि अभिनय छ ।

For More videos Log on to Mazzako TV