अभिनेत्री वर्षा सिवाकोटीको सामाजिक संजाल मोह र फोटो पोष्ट गर्ने तरिका हेर्दा, चर्चामा कसरी आउनुपर्छ उनले वल्ल वुझेको पाइन्छ । वर्षाले सिनेमा खेलेर नै त करिअरलाई ठूलो फेरबदल गर्न सकेकी छैनन् । सिनेमा पाउनु ठूलो कुरा होइन ।

सिनेमामा देखिएपछि दर्शकलाई आफूतिर खिच्न सक्नु ठूलो कुरा हो । तर, यो कुरामा वर्षा सफल छैनन् । उनै, वर्षा अचेल पनि सोसल मिडियामा फोटो पोष्ट गरेर संचारमाध्यममा चर्चामा छिन् । उनले, केही दिन अघि सार्वजनिक गरेको विकिनी तस्वीर चर्चित बन्यो । होइन भने पौषको जाडो महिनामा विकिनी फोटो कमै मात्र कलाकारले सार्वजनिक गर्छन् ।

तर, वर्षालाई भने जाडो महिनामा तातो तस्वीर सार्वजनिक गरेर चर्चामा आउने रहर जागेको देखिएको छ । वर्षा सिनेमा चालबाजको छायांकनमा छिन् । केकी अधिकारीले नभ्याउने भएपछि यो सिनेमामा वर्षाको प्रवेश भएको हो । दर्शकसँग नजिक हुने र कामले पनि रिझाउने तरिका पनि सिक्न पर्यो वर्षाजी अब ।

For More videos Log on to Mazzako TV