नेपाली फिल्मको गायनमा अवार्ड किंग भनेर चिनिने गायक युवराज चौलागाईंको नयाँ गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ । अंग्रेजी नयाँ वर्षको अवसरमा उनको ‘मल मल सारी’ बोलको गीत सार्वजनिक भएको हो । स्वर तथा संगीत युवराजको रहेको गीतमा शब्द गोपी श्रेष्ठ र अनुस्का पाठक मिलेर लेखेका हुन् ।

सार्वजनिक गीतको भिडियोमा पल शाह, वर्षा राउत र गायक युवराज स्वयम् प्रस्तुत छन् । सुदिप बरालले खिचेको भिडियो सम्पादन अर्जुन जिसीले गरेका छन् । भिडियो निर्देशन कविराज गहतराजले गरेका छन् । केहि दिन अगाडी बालाजुमा सेट लगाएर गीतको छायांकन गरिएको हो ।
गीतको अडियो र भिडियो दुबै तारिफ योग्य बनेको छ ।

For More videos Log on to Mazzako TV