फिल्म ‘१२ सत्ताइस’ को दोस्रो ट्रेलर रिलिज गरिएको छ । माघ ३ गतेबाट देशव्यापी प्रदर्शनमा आउने तयारीमा रहेको फिल्मको ट्रेलर सार्वजनिक गरिएको हो । फिल्मले पैसा कमाउनको लागी १२ सत्ताइस गर्ने युवाहरुको कथा बोल्छ ।

फिल्मको कथा तथा निर्देशन जोन योञ्जनको हो भने समीर श्रेष्ठ, अभिषेक नेपाल, काजी राना, अस्मिता लामिछाने, सम्रान्त थापा, एभोन राज उप्रेती, भीष्म जोशी, अस्मिता खनाल, विना कार्की, धर्मेन्द्रध्वज मल्ल, करन साउँद मुख्य अभिनयमा छन् ।

ह्याप्पी प्ल्यानेट फिल्मस र कमेरो फिल्म स्क्रिनको संयुक्त ब्यानरमा निर्माण भएको यस फिल्मलाई रेणु राना, दिपक खातिवडा र रुपक थापाले निर्माण गरेका हुन् । यो फिल्ममा अनिश स्यांगदेनको छायांकन छ भने कृष्ण भण्डारीको सम्पादन रहँदा विक्रम स्वारले कोरियोग्राफीको जिम्मा सम्हालेका छन् ।

For More videos Log on to Mazzako TV