अभिनेता अनुप विक्रम शाही अहिले सानो पर्दामा छन् । उनले सानो पर्दाका हिट रियालिटी शो हिमालय रोडिजमा ग्याङ लिडरको भूमिका निर्वाहा गरिरहेका छन् । यो शो हिमालय टीभीमा सोमबार बेलुकी ८ बजेपछि पं्रशारण हुन्छ । अनुपलाई सानो पर्दामा दर्शकले रुचाउने अपेक्षा छ ।

किनकी, ठूलो पर्दामा उनको क्रेज कमजोर बनेको छ । फिल्ममा उनले काम गरेपनि दर्शकले उनलाई खासै रुचाएनन् । अनुप, हिरो भन्दा पनि भिलेनको रुपमा बढी हिट भए । तर, अनुपलाई भिलेनको रुपमा हिट भएर मात्र पुगेन । किनकी, उनी अभिनेताको छवि बनाउन यो क्षेत्रमा आएका थिए ।

यसैले, अनुप अहिले सानो पर्दामा केही फरक गर्ने सोचमा छन् । ठूलो पर्दामा खासै नचम्किएका अनुप सानो पर्दामा कती रुचाइएलान्, हिमालय रोडिजको आगामी अंकबाट अझै थाहा लाग्नेछ ।

For More videos Log on to Mazzako TV