नायक नाजिर हुसेन र नायिका शिल्पा मास्केको हातमा अहिले सिनेमा छैन । किनकी, उनीहरुले काम गरेका सिनेमा निरन्तर असफल भएका थिए । शिल्पाले त सिनेमाबाट नै केही समय ब्रेक लिने बताइन् । नाजिरले भने केही सिनेमामा काम गरेपनि नचलेपछि उनलाई अफर गर्नेहरु घटेका छन् । बरु, नाजिर र शिल्पा दुबैजना अहिले सिनेमाको पर्दामा भन्दा म्यूजिक भिडियोमा बढी व्यस्त छन् ।

दुबैले काम गरेका भिडियोहरु बजारमा आइरहेका छन् । अहिले मात्र यी दुइले अभिनय गरेको अल्मोडा राना उप्रेतीको कहिले भेट्नै खै सार्वजनिक भएको छ । यो गीतले युटुबको नम्बर १ स्थान ओगटेको छ । शिल्पाले अभिनय गरेका कागजपत्र, दि ब्रेकअप, सानो संसार लगायतका सिनेमा असफल भए । नाजिरका पनि निरन्तर सिनेमा असफल भैरहेका थिए ।

यसैले पनि दुइलाई सिनेमाको पर्दामा भने समस्या देखिन्छ । अब, म्यूजिक भिडियोमै रमाउने कि हिट सिनेमा पनि खोज्ने नाजिर र शिल्पाले ?

For More videos Log on to Mazzako TV