नयाँ बर्ष २०७७ सालको सुरुवात नायिका स्वस्तिमा खड्कालाई फ्लप फिल्मबाट गर्नु छैन्, त्यसैले पनि उनका लागि अब सिनेमा हिट हुनु नै पर्ने देखिन्छ । यसअघि यही बर्ष २ वटा सिनेमाले राम्रो ब्यापार गर्न सकेनन् । उनी फ्लप फिल्मको ह्याट्रीक गर्न चाहन्नन् एकै बर्षमा । हजार जुनी सम्म र घामड शेरेले यो बर्ष हलमा सोचे जस्तो ब्यापार गर्न सकेनन् । त्यसैले पनि उनले आफ्नो तर्फबाट चपली हाईट ३ को लागि कुनै पनि काम बाँकी राखेकी छैनन् ।

उनी चलचित्र सफलताको कामना गर्दै मनकामनामा पुजा गर्न समेत पुगेकी छिन् । चलचित्र चपली हाईट ३ को सफलताको कामना गरेर उनले पूजा गरेकी हुन् । चैत्र २८ गते अर्थात यो बर्षको अन्त्यमा रिलिज हुने सिनेमा चपली हाईट ३ उनको लागि बिशेष छ, सिनेमा हिट भएमा उनको करियरलाई यसले थप बुष्ट गर्नेछ । यदि फ्लप भएमा फिल्मको ह्याट्रीक गरेको ट्याग लाग्नेछ उनलाई ।

त्यही भएर पनि चैत्र २८ देखि हलमा लाग्ने चपली हाईट चल्नै पर्छ स्वस्तिमाको लागी । स्वस्तिमा सिनेमालाई लिएर निकै गम्भिर देखिएकी छिन् यसपाली । उनी सिनेमाका निर्माता अर्जुन कुमार तथा नयाक आमिर गौतमको साथमा मनकामनामा सिनेमाको सफलताको कामना गर्दै पूजा गर्न पुगेकी छिन् । सिनेमाको सुटिङ्ग सक्ने बित्तिकै मनकामना पुगेर भगवानलाई फुलपाती चढाउदै सिनेमा हिट बनाईदिन भगवानसँग प्रार्थना गरेकी छिन् ।

चैत्र २८ गतेबाट नै रिलिज हुने चलचित्र प्रेम गीत ३ का कारणले गर्दा पनि यतिबेला स्वतिमाले प्रेसर फिल गरिरहेकी छिन् । पक्कै पनि यि दुई सिनेमा एकै दिन रिलिज हुदा केही न केही त असर दुबै सिनेमालाई छ नै, अब कुन हिट, कुन फ्लप त्यो भने चैत्र २८ पछि थाहा होला । स्वस्तिमा खड्काले अभिनय गरेको सिनेमा चपली हाईट ३ लाई निकेश खड्काले निर्देशन गरेका हुन् ।

यो सिनेमामा स्वस्तिमाका अलावा आमिर गौतम, सुपुष्पा भट्ट, अर्पण थापा, महेश त्रिपाठी लगायत कलाकारहरुले अभिनय गरेका छन् । यो चलचित्रलाई अर्जुन कुमारले बनाएका हुन् । सिनेमाले सस्पेन्स थ्रिलर कथा बोल्दछ ।

For More videos Log on to Mazzako TV