टिकटकमा भाइरल भएका प्रिस्मा र प्रिन्सी खतिवडाले आफूहरु अलग भएर काम नगर्ने बताएका छन् । यी दुइले डान्स गरेको सिनेमा लभ डायरीजको गीत छमछम आज सार्वजनिक भएको छ । यो कार्यक्रममा बोल्दै दुइले आफूहरुलाई सिनेमाको अफर आएपनि अलग भएर काम भने नगर्ने बताएका छन् ।

यस्तै, यी दुइले आफूहरु भाइरल भएका कारण सिनेमाको गीतमा काम पाएको भन्ने कुरालाई पनि नकारेका छन् । उनीहरुले, आफूहरुले काम गरेको मध्ये राम्रो काम यसमा देखाएको समेत बताए । यसरी काम गर्दा सिनेमाको टिम र आफूहरु दुबैलाई फाइदा हुने दुइको भनाई थियो ।

भाइरल भएका कारण र पैसाकै लागि काम गर्ने हो भने आफूहरुलाई म्युजिक भिडियोको यथेष्ट अफर आएपनि नगरेको उनीहरुले बताए ।

For More videos Log on to Mazzako TV