गायक प्रकाश सपुत अब फिल्मको हिरो हुने भएका छन् । उनले काम गर्न लागेको फिल्मको नाम, परदेशी २ हो । यो सिनेमालाई नारायण रायमाझीले निर्देशन गर्दैछन् । परदेशी सिनेमाको सिरिजको रुपमा यो सिनेमा बन्दैछ । परदेशी व्यापारिक रुपमा हिट भएको सिनेमा हो, जसमा गायक प्रशान्त तामाङले काम गरेका थिए ।

गायक सपुतले परदेशी २ साइन गरिसकेका छन् । यो सिनेमाको कथा मन परेपछि आफूले काम गर्न लागेको प्रकाशले बताएका छन् । प्रकाशको सपना सानैबाट हिरो बन्ने पनि थियो । उनले, यो सपना साकार पार्नका लागि पनि सिनेमामा काम गर्न लागेको बताएका छन् ।

यस्तै, सपुतले सिनेमा परदेशी २ को टिम मन परेकाले पनि काम गर्न लागेको बताए । सिनेमाका लागि अभिनेत्री भने फाइनल भएकी छैनन् । यो सिनेमाले वैदेशिक रोजागरीको कथालाई नै उठाउनेछ । सिनेमालाई आउँदो बर्षको दशैंमा रिलिज गर्ने तयारी थालिएको छ ।

For More videos Log on to Mazzako TV