देश बाहिर गएपछि समुन्द्री तटमा बोल्ड फोटो खिच्ने र सामाजिक संजालमा सार्वजनिक गर्ने अभिनेत्रीहरुको पुरानो शैली हो । सामाजिक संजालले फ्यानसँग सिधै जोड्ने भएपछि उनीहरु यस्ता तस्वीर खिच्न पनि बढी लालयित छन् ।

सिनेमाको पर्दामा सामान्य गेटअपमा बढी देखिएकी अभिनेत्री वर्षा सिवाकोटी ग्रिस पुगेपछि भने बोल्ड बनिन् । ग्रिसमा उनले विकिनी लगाएर खिचाएको तस्वीर अहिले सामाजिक संजालमा चर्चामा छ । वर्षाले कहिलेकाही यो ठिक छ भन्दै क्याप्सन पनि कोरेकी छिन् । वर्षालाई बोल्ड बन्न मन लागेको त केही समय भयो ।

विशेषगरि, जीम गएर शरीर बनाएपछि उनी बोल्ड देखिन थालेकी हुन् । तर, यति धेरै बोल्ड भने उनी पहिलो पटक देखिएकी छिन् । वर्षा अहिले फिल्म चालबाजको छायांकनमा छिन् ।

For More videos Log on to Mazzako TV