फिल्म मारुनीको अष्ट्रेलिया शो आयोजना गरिएको छ । शुक्रबार साँझ सिड्नीको सिभिक थिएटरमा फिल्म प्रदर्शन गरिएको हो । यो सिनेमाको अष्ट्रेलियमा शोमा सहभागी हुने अभिनेता पुष्प खड्का र निर्मात्री पूनम गौतम पुगेका थिए ।

निर्मात्री गौतमले आफूहरुले अपेक्षा गरेको भन्दा धेरै दर्शक फिल्म हेर्न आएको भन्दै खुशी व्यक्त गरिन् । अभिनेता पुष्प खड्काले पनि सिनेमा हेर्ने दर्शकले मन पराएको बताए । उनले आफूलाई भेटेर दर्शकले राम्रो प्रतिक्रिया दिएको बताए । सिड्नीमा दर्शकको राम्रो प्रतिक्रिया आएपछि आयोजकले अन्य २ शो पनि थप्ने तयारी थालेको छ ।

नवल नेपालले निर्देशन गरेको यो सिनेमामा साम्राज्ञी राज्यलक्ष्मी शाह, रेविका गुरुङको पनि मुख्य भूमिका छ ।

For More videos Log on to Mazzako TV