फिल्म ‘प्रेमगीत ३’ युनिटले अभिनेता सुनिल थापाको क्यारेक्टर पोस्टर सार्वजनिक गरेको छ । वर्षकै बहुप्रतिक्षित फिल्म युनिटले सार्वजनिक गरेको पोस्टरमा कलाकार थापाको अवतार प्रभावशाली छ । भारी हिउँ परिरहेको अबस्थामा उनि पौराणिक बाजा बजाइरहेका देखिन्छन्् ।

निर्माण पक्षले थापाको भूमिका बारेमामा केही खुलाएको छैन । हल पुगेर फिल्म हेर्दा उनको भूमिका दर्शकलाई सरप्राइज सावित हुने निर्माता तथा निर्देशक सन्तोष सेनको विश्वास छ । फिल्म निर्माण गर्न कुनै पनि कसुर बाँकी नराख्ने भन्दै मनाङको माइनस डिग्रीको चिसोमा मिहेनतका साथ काम गरिरहेको सेनले जानकारी दिए ।

चैत २८ गते रिलिज हुने फिल्मका प्रदीप खड्का, क्रिष्टिना गुरुङ, मनिष राउत, शिव श्रेष्ठ, अनुभव रेग्मीलगायतका कलाकारको क्यारेक्टर पोस्टर सार्वजनिक भैसकेको छ ।
सेनसँगै छेतेन गुरुङले निर्देशन गरिरहेको फिल्ममा सन्तोष सेन, माओत्से गुरुङ, पुस्कर कार्की, प्रेम पुरी, लक्ष्मी वर्देवा, योगिशा खत्री, सम्वृद्धि शाही ठकुरी, क्रिजन गौतम, जीवन बराल, जीवन भट्टराई, सुजल बस्नेत लगायतका कलाकारको पनि अभिनय छ ।

कल्याण सिंह र एलिश कार्कीको संगीत रहेको फिल्ममा राजेश श्रेष्ठले डिओपी, हिमाल केसीले एक्सन, कविराज गहतराजले कोरियोग्राफी र बनिश शाह र भुपेन्द्र अधिकारीले सम्पादनको काम सम्हालिरहेका छन् ।

For More videos Log on to Mazzako TV