नेपाली कलाकारहरु सामाजिक संजालमा सक्रिय छन् । सामाजिक संजालको दुनियाँमा फ्यानसँग जोडिन यो माध्यम उपयुक्त पनि होला । तर, यसलाई सही तरिकाले सदुपयोग गर्न नसक्दा कलाकारहरुको गोपनियता सकिदै गएको छ ।

यसले उनीहरुको क्रेज त झन् चुर्लुम्बै बनाइदिएको छ । अभिनेत्री केकी अधिकारी र आँचल शर्मा एकसाथ फिल्म झिंगे दाउमा काम गरिरहेका छन् । यो फिल्ममा यी दुई देउरानी र जेठानीको भूमिकामा काम गरिरहेका छन् ।

तर, सिनेमामा फरक खालको भूमिकामा काम गरेपनि यी दुइले आफ्नो गेटअप लुकाउनै सकेनन् । एउटा गेटअप त सार्वजनिक भयो नै । यसपछि त उनीहरुले दैनिकजसो नै एक अर्काको गेटअप सामाजिक संजालमा पोष्ट गरिरहेका छन् । यस्तो लाग्छ, केकी र आँचलको लागि अब झिंगे दाउ किन हेर्ने ? सबै कुरा उनीहरुले सामाजिक संजालबाट देखाइ नै सकेका छन् ।

कलाकारले आफ्नो गेटअपलाई लुकाउनै सक्दैनन् । एकाध चर्चाका लागि दैनिक गेटअप सार्वजनिक गर्दा दर्शक फिल्म नआउँदो दिक्क भए भने के गर्ने होला ?

For More videos Log on to Mazzako TV