फिल्म छक्का पन्जा ४ बन्ने भएको छ । यो फिल्मको औपचारिक घोषणा आज गरिएको हो । वितरक कम्पनी फाइनल गर्दै फिल्म निर्माणको घोषणा गरियो । यो फिल्मलाई राजधानीमा जीजीए गु्रप र रिच इन्टरटेन्मेन्टले वितरण गर्ने भएको छ । यो फिल्मलाई दीपाश्री निरौलाले निर्देशन गर्नेछिन् ।

फिल्ममा दीपकरा गिरी, केदार घिमिरे, जितु नेपाल नै मुख्य भूमिकामा हुनेछन् । निर्माता तथा कलाकार दीपकराज गिरीका अनुसार, यो फिल्मलाई सिरिज भन्दा पनि सिक्वेल बनाउने तयारी गरिएको छ । यसका लागि उनले कथा लेखनको काम सुरु गरिसकेका छन् ।

फिल्मका लागि अभिनेत्री मात्र फाइनल गर्न बाँकी छ । छक्का पन्जा ३ जहाँ सकियो, सोही स्थानबाट यो फिल्मको कथा अगाडि बढ्नेछ । फिल्मलाई आउँदो बर्षको दशैंको फूलपातिमा रिलिज गर्ने पनि बताइएको छ ।

For More videos Log on to Mazzako TV