फिल्म चपली हाइट ३ को इन्डक्ल्याप कार्यक्रममा नायिका सुपुष्पा भट्टले आफ्नो काम गराइबारे बोलेकी छिन् । सुपुष्पा अहिले फिल्ममा आफ्नो भूमिका भन्दा पनि कस्तो फिल्ममा काम गर्दा ठिक हुन्छ भन्ने नीतिमा छिन् । रणवीरपछि उनले काम गरेका छ माया छपक्कै र चपली हाइट ३ ले यस्तै कुराको संकेत गरेका छन् ।

सुपुष्पाको काम गराई यस्तै प्रकारको छ । सुपुष्पाका अनुसार, अहिले उनी दर्शकले नोटिस गर्ने सिनेमामा बढी केन्द्रित छिन् । किनकी, यस्तो सिनेमामा काम गर्दा दर्शकले नोटिस गर्ने र अन्य सिनेमामा काम गर्दा फाइदा हुने सुपुष्पाको वुझाई छ ।

सुपुष्पाले आफू सिनेमा क्षेत्रमा नयाँ भएकाले अहिले लिड भूमिका नहेरेको बताइन् । यसैले, दर्शकले नोटिस गर्ने खालको भूमिका नै रोजेको उनको भनाई छ ।

For More videos Log on to Mazzako TV