अभिनेत्री सुरक्षा पन्तलाई अहिले आमा नामक सिनेमाको ट्रेलरले खुशी दिएको छ । यो सिनेमाको ट्रेलर सार्वजनिक भएसँगै यसले सिनेमाको हाइप बढाइदिएको छ । यसैले पनिस सुरक्षा आफूले काम गरेको फिल्मबाट पाएको प्रतिक्रियाले उत्साहित भएको लेखिरहेकी छिन् ।

सुरक्षा नेपाली फिल्ममा कमर्सियल फिल्म भन्दा पनि फरक कथामा बनेका सिनेमामा काम गर्न रुचाउँछिन् । सुरक्षा पन्तले काम गरेको सिनेमा आमा फागुणको ९ गतेबाट रिलिज हुँदैछ । यो फिल्मको ट्रेलरले नेपालमा युटुबको ट्रेन्डिको नम्बर १ स्थान पनि ओगटेको थियो । सुरक्षा यही कारणले पनि खुशी भएकी हुन् ।

अब, सुरक्षाको खुशी अझै कती बढ्ने हो, यो सिनेमा रिलिज भएपछि थाहा हुनेछ ।

For More videos Log on to Mazzako TV