गायक रामकृष्ण ढकाल र उनकी पत्नी निलम ढकालले अलग हुने निर्णय गरेका छन् । मंगलबार ढकाल पत्नी निलमले डिभोर्सको फाइल जिल्ला अदालत काठमाण्डौमा दर्ता गरेकी थिइन् । बुधबार अदालतले उनीहरुलाई अलग हुने बाटो खोलिदिएको हो ।

संझौतामा अलग हुन मञ्जुर रहेको भनेर ढकाल दम्पत्तीले नै साइन गरेका छन् । योसँगै अब उनीहरु अलग भएका छन् । वि.सं २०५९ सालमा निलम र रामकृष्णको बिहे भएको थियो । उनीहरुको एक छोरी छिन्, रानी ।

रानी भने आमा निलमसँग नै बस्ने छिन् । निलम र रामकृष्ण किन डिभोर्सको निर्णयमा पुगे, यो भने खुलेको छैन । तर, लामो समयदेखि यो दम्पत्ती एक सहकारीबाट लिएको ऋणको वोझका कारण तनावमा भने थियो ।

For More videos Log on to Mazzako TV