फिल्म चपली हाइट ३ को छायांकन सकिएको छ । करिब ३२ दिन लगाएर यो फिल्म खिचिएको हो । फिल्मको एउटा गीतको छायांकन भने गर्न बाँकी नै छ । अर्जुन कुमारको निर्माणमा तयार भएको यो फिल्मलाई निकेश खड्काले निर्देशन गरेका हुन् ।

प्राविधिक र कलाकारले साथ दिएका कारण फिल्मको छायांकन सजिलोसँग सकिएको निर्माण टिमले बताएको छ । सस्पेन्स थ्रीलर कथामा यो फिल्मलाई निर्माण गरिएको छ । फिल्ममा स्वस्तिमा खड्का, आमिर गौतम, सुपुष्पा भट्ट, महेश त्रिपाठी लगायतका कलाकारको अभिनय छ ।

यो सिनेमाको क्लाइमेक्समा रातभर पानी पारेर छायांकन गरिएको थियो । कलाकारले पनि सिनेमामा काम गर्दा रमाइलो भएको बताएका छन् । यो सिनेमा चैत्रको २८ गतेबाट रिलिज हुँद्यैछ ।

For More videos Log on to Mazzako TV