फिल्म दबंग ३ को कब्जामा अहिले नेपाली हल छन् । नेपाली फिल्मलाई खासै शो दिन डराउने निर्माताले विदेशी सिनेमा आउँदा सबै शो दिन्छन् । फिल्म छ माया छपक्कै रिलिजको समयमा मल्टिप्लेक्सले शो दिन कञ्जुस्याँई गरेका थिए । यसैले, यसका निर्माता रोहित अधिकारीले हलवालामाथि आक्रोश पोखेका छन् ।

उनले, नेपाली सिनेमा भएकै कारण हलले कम शो दिएको आरोप लगाए । दबंग भन्दा छक्का पन्जाको सिरिज बढी चलेको तर शो कम पाएको भन्दै उनले नेपाली सिनेमा हुनुको परिणाम भएको बताएका छन् । रोहितको स्टाटस शेयर गर्दै निर्माता दीपकराज गिरीले निर्माता हलवालासँग डराएको, हलवाला वितरकसँग डराएको र वितरक उताको खाएर यता कराउने गरेको आरोप लगाएका छन् ।

For More videos Log on to Mazzako TV