अभिनेत्री शिल्पा पोखरेल आज आफ्नो जन्मदिन मनाउँदैछिन् । शिल्पा पोखरेल नेपाली फिल्म लज्जामा काम गरेर यो क्षेत्रमा आएकी हुन् । यसपछि भने उनले एकपछि अर्को फिल्ममा काम गरिन् । शिल्पालाई जन्मदिनको अवसरमा उनका आफन्त, साथीभाई र फ्यानले शुभकामना दिइरहेका छन् । शिल्पा पोखरेल नेपाली फिल्म क्षेत्रमा खासै चम्किएको नाम भने होइन ।

फिल्मको व्यापारमा शिल्पाका सिनेमा अगाडि छैनन् । बरु, निर्माता छविराज ओझासँगको बिहे र डिभोर्स प्रकरणले भने उनलाई चर्चामा ल्याइदियो । शिल्पा र छविले बिहे गरेको करिब ३ बर्षपछि डिभोर्स गर्ने निर्णय गरे । यसपछि भने उनीहरुको चर्चा सामाजिक संजाल र संचारमाध्यममा खुबै भयो ।

शिल्पा पोखरेलसँग अहिले फिल्म छैन । अहिले उनलाई सिनेमाको अफर कम गएको छ । शिल्पा म्यूजिक भिडियोमा पनि व्यस्त छिन् । शिल्पालाई जन्मदिनको शुभकामना ।

For More videos Log on to Mazzako TV