अभिनेता आकाश श्रेष्ठ र अभिनेत्री पूजा शर्मा बुढ्यौली उमेरमा प्रवेश गरेका छन् । उनीहरुको कपाल फुलेको छ । उनीहरुको आँखामा पावरवाला चश्मा लगाइएको छ । यो गेटअप उनीहरुले छायांकनमा रहेको फिल्म संझना विर्सनाका लागि बनाएका हुन् ।

यो फिल्मको क्लाइमेक्सको दृश्य खिचिएको छ । जहाँ, आकाश र पूजा पाको बनेका छन् । यो फिल्मको हाल भारतमा छायांकन भैरहेको छ । निमेष प्रधानको निर्देशनमा तयार भैरहेको यो फिल्ममा शिशिर राणा, छुल्ठिम गुरुङ लगायतका कलाकारको पनि मुख्य भूमिका छ ।

फिल्मको प्रदर्शन मिति तय गरिएको छ । तर, पूजा र आकाशको गेटअपले उनीहरुको फ्यानलाई भने कौतुहलता प्रदान गरेको छ ।

For More videos Log on to Mazzako TV