दिपेन्द्र के खनाल निर्देशित फिल्म ‘आमा’ को ट्रेलरले निकै तारिफ पाएको छ । ट्रेलर युटुवको ट्रेन्डिङमा समेत पर्न सफल भएको छ । ट्रेलरबाटै दर्शकहरु भावुक भएका छन् ।
अभिनेत्री सुरक्षा पन्त तथा अभिनेत्री मिथिला शर्माको मुख्य भुमिका छ । निर्देशक खनालको यसअघि फिल्म ‘पशुपति प्रसाद’ ले धेरै चर्चा पाएको थियो । ‘आमा’ को ट्रेलरलाई पनि दर्शकले निकै रुचाइएका छन् ।

फिल्मको ट्रेलर रिलिज कार्यक्रममा अभिनेत्री पन्त भावुक भएकी थिइन् फिल्ममा आमाको भूमिकामा अभिनेत्री मिथिला शर्मा प्रस्तुत भएकी छिन् । भने छोरीको भूमिका सुरक्षा पन्त प्रस्तुत छिन् । फिल्ममा सरिता गिरी, देशभक्त खनाल, मनिष निरौला, लक्ष्मी भूषाल, टिका पहारी लगायत कलाकारहरुको अभिनय छ ।
फिल्म आमा लाई सर्मिला पाण्डेले निर्माण गरेकी हुन् । फिल्मको लेखन, छायाँकन र निर्देशन दिपेन्द्र के.खनालको छ । फिल्म आमा महाशिवरात्रीको अवसर पारेर फागुन ९ गतेदेखि प्रदर्शनमा आउँदैछ ।

For More videos Log on to Mazzako TV