एक बर्षमा कतिवटा राम्रो फिल्म आएको खण्डमा नेपाली फिल्मलाई पुग्छ होला ? यसको जवाफ दिन सहज छैन । किनकी, सबै फिल्म बनाउनेले आफूले राम्रो फिल्म बनाएको नै सोच्छन् ।

यही भएर कसैको सिनेमालाई राम्रो र कसैकोलाई नराम्रो भनेर टिप्पणी गरिहाल्न मिल्दैन । कलाकार केदार घिमिरेको वुझाइमा भने वर्षमा १२ वटा राम्रो सिनेमा बन्न आवश्यक छ । उनले राजधानीमा आयोजित कार्यक्रममा वर्षमा एक दर्जन फिल्म राम्रो आउनुपर्ने बताए ।

उनको भनाइलाई वुझ्ने हो भने, महिनामा एउटा सिनेमा राम्रो आउँदा फिल्म क्षेत्रलाई राहत हुन्छ भन्ने हो । तर, के बर्षमा १२ वटा सिनेमा मात्र राम्रो बनेर सिनेमा क्षेत्रलाई पुग्छ होला त ?

For More videos Log on to Mazzako TV