कुञ्जना घिमिरे र सिताराम कट्टेलले मिलेर बनाएको फिल्म सेन्टी भाइरस फागुण ९ गतेबाट रिलिज हुँदैछ । यो फिल्मको नाफाको १५ प्रतिशत गौतम वुद्ध क्रिकेट स्टेडियममा खर्च गरिने आज आयोजित फिल्मको गीत रिलिज कार्यक्रममा जानकारी दिइयो ।

सो समयमा कुञ्जनालाई एक पत्रकारले प्रश्न गरे, के तपाइले फिल्मको छायांकनको क्रममा दीपकराज गिरी र दीपाश्री निरौलालाई मिस गर्नुभयो ? यसमा कुन्जनाले खुबै मिस गरेको बताइन् । उनले भनिन्–‘मेरो त उहाँहरुसँग कुनै पनि प्रतिस्पर्धा छैन ।

उहाँहरुको फिल्म पनि चल्नुपर्छ, हाम्रो फिल्म पनि चल्नुपर्छ । मेरो कमेडी कलाकारिताको करिअर अगाडि बढेको नै तितो सत्यबाट हो । यसैले, म त उहाँहरुलाई कुनै पनि समय मिस गर्छु ।’

कुञ्जनाले कार्यक्रममा बारम्बार सिनेमाको कुरासँगै क्रिकेट रंगशाला बनाउन लागेको कुरा उक्काएकी थिइन् । कार्यक्रममा सिताराम कट्टेल भने उपस्थित थिएनन् ।

For More videos Log on to Mazzako TV