दिपेन्द्र के खनाल निर्देशित फिल्म आमाको ट्रेलर सार्वजनिक गरिएको छ । बिहिबार राजधानीमा एक कार्यक्रमको आयोजना गर्दै फिल्मको ट्रेलर सार्वजनिक गरिएको हो । सार्वजनिक ट्रेलरमा मिथिला शर्मा र सुरक्षा पन्तको अभिनय जिबन्त देखिन्छ । फिल्ममा मिथिला शर्मा आमाको भूमिकामा छिन् भने सुरक्षा पन्त छोरीको भूमिकामा छिन् ।

फिल्म महाशिवरात्रीको अवसरमा फागुन ९ गते बाट अलनेपाल सार्वजनिक प्रदर्शनमा आउँने छ । फिल्मले आमा–छोरीको कथा भन्छ । नेपाली समाजमा आमा–बाबुको निधनमा छोराले मात्र दागबत्ती दिने मान्यता छ तर यस चलनलाई चुनौती दिँदै छोरीले पनि आमा बुवाको अन्तिम संस्कार गरेको उदाहरण केही देखिन थालेका छन् ।

यसै विषय वस्तुमा रहेर चलचित्र बनेको छ । आमा बुवाको लागी छोराले निभाउने कर्तव्य छोरीले पनि उसैगरी निभाउनु पर्ने सन्देश ट्रेलरले दिएको छ । चलचित्रमा मिथिला र सुरक्षाका साथमा देशभक्त खनाल, सरिता गिरी, आशान्त शर्मा, मनिष निरौला, पदम पौडेल, लक्ष्मि भुषाल लगायतका कलाकारको अभिनय छ । डीएस डिजिटलको ब्यानरमा निर्माण भएको चलचित्रमा निर्देशकको आफ्नै लेखन र छायाङ्कन रहेको छ ।

For More videos Log on to Mazzako TV