नायिका फिल्म चपली हाइट ३ को क्लाइमेक्सको अहिले धमाधम छायांकन भैरहेको छ । केही दिनदेखि फिल्मको क्लाइमेक्स खिचिएको छ । निकेश खड्काको निर्देशनमा बनिरहेको यो फिल्मलाई अर्जुन कुमारले निर्माण गरिरहेका छन् ।

फिल्मको छायांकन मध्यरातमा गरिएको छ । मध्यरातमा पानी पारेर फिल्मको छायांकन खिचिएको छ । ट्यांकरबाट पारिएको पानीमा कलाकार रुझेका छन् । यो जाडोमा चिसो पानीमा रुझेर काम गर्न सहज नभएको कलाकारहरु बताउँछन् ।

फिल्मको क्लाइमेक्समा विशेषगरि, अभिनेता आमिर गौतम र अभिनेत्री स्वस्तिमा खड्का पानीमा रुझेका छन् । यो फिल्मलाई चैत्र २८ गतेबाट रिलिज गर्ने तयारी गरिएको छ । थ्रिलर कथामा फिल्म बनेको छ ।

For More videos Log on to Mazzako TV