दुखको काँडा गायक सनिष श्रेष्ठले फिल्म म यस्तो गीत गाउँछु २ का लागि एउटा गीत रेकर्ड गरेका छन् । अर्जुन पोखरेलको संगीतमा बनेको दुखको काँडा बोलको गीतमा सनिषले आवाज दिएका हुन् । सनिष द भ्वाइस अफ नेपाल सिजन २ को टप ४ सम्म पुगेका थिए ।

सनिषको आवाज राम्रो लागेपछि फिल्मका लागि अफर गरेको संगीतकार अर्जुन पोखरेलले बताए । यो गीतको भिडियोमा अभिनेता पल शाहले लिप्सिङ गरेका छन् । फिल्ममा अभिनेत्री पूजा शर्माको पनि मुख्य भूमिका छ । सुदर्शन थापाको निर्माण तथा निर्देशनमा तयार भएको यो फिल्म फागुण २३ गतेबाट रिलिज हुँदैछ ।

फिल्म म यस्तो गीत गाउँछु २ मा ५ वटा गीत समावेश छन् । जसमध्ये तिम्रो घरको वरिपरी सार्वजनिक भैसकेको छ ।

For More videos Log on to Mazzako TV