अभिनेत्री सुरविना कार्कीले फिल्म शुभ मंगलमा काम गर्ने पक्का भएको छ । अष्ट्रेलियामा बस्दै आएका निर्देशक मनोज अधिकारीले यो फिल्मको निर्देशन गर्दैछन् । सुरविनाले फिल्म लप्पन छप्पन २ मा काम गर्ने पक्का गरेर पनि छाडेकी थिइन् ।

यो फिल्ममा उनी अभिनेता कुशल थापाको जोडीको रुपमा काम गर्दैछिन् । सुरविनाले कथा मन परेकाले यो फिल्ममा काम गर्न लागेको बताएकी छिन् । अष्ट्रेलियामा बस्ने नेपालीको जीवनशैली र प्रेमलाई फिल्ममा देखाइनेछ । नेपाल र अष्ट्रेलियामा यो फिल्म खिचिनेछ ।

यो फिल्मको छायांकन केही महिनापछि सुरु हुनेछ । संगम क्षेत्री र नारायण दत्त यो फिल्मका निर्माता हुन् ।

For More videos Log on to Mazzako TV