चलचित्र विकास बोर्डका अध्यक्ष केशव भट्टराइ र कलाकार दिपक क्षेत्रीको अन्तेष्टी गरिएको छ । चलचित्र विकास बोर्डका अध्यक्ष भट्टराइ र कलाकार क्षेत्रीको राष्ट्रिय सम्मानका साथ अन्तेष्टी गरिएको हो । उनीहरुको पशुपति आर्यघाटमा दाहासंकार गरिएको हो ।

अधक्ष्य भट्टराईको आइतबार राती करिब साढे १० बजेतिर निधन भएको हो । उनको उपचारका लागि राजधानीको ओम अस्पतालमा लगिएको थियो । तर, अस्पताल नपुग्दै उनको निधन भैसकेको थियो । करिब १ बर्ष अगाडि मात्र उनी चलचित्र विकास बोर्डको अध्यक्ष पदमा नियुक्त भएका थिए । बोर्ड अध्यक्ष भएसँगै उनले विभिन्न खालका योजना समेत बनाएका थिए । तर, चलचित्रको विकासका लागि उनले बनाएको योजना सबै पुरा हुन पाएनन् ।

उनले दुई दर्जन भन्दा बढी चलचित्रमा अभिनय गरेका छन् भने आधा दर्जन भन्दा बढी चलचित्र उनले निर्माण गरेका छन् । उनले बनाएको पछिल्लो फिल्म यात्रा हो ।

दर्जनौं नेपाली फिल्ममा खलनायक र चरित्र कलाकारका रुपमा अभिनय गरेका कलाकार दीपक क्षेत्री गएको शनिबार आफ्नै निवासमा मृत अवस्थामा भेटिएका थिए । श्रीमती मलेशियाबाट आइतबार दिउँसो मात्र नेपाल ओर्लिएका कारण उनको सोमबार पोष्टमार्टम गरेर अन्त्येष्टि गरिएको हो । उनी पछिल्लो पटक यस वर्षको सुपरहिट फिल्म ‘छ माया छपक्कै’ मा देखिएका थिए ।

For More videos Log on to Mazzako TV